पीएनजीसँग नेपाल ८६ रनले पराजित

बुधबार, फागुन ३०, २०८०

काठमाडौं- हङकङमा जारी टी-२० सिरिज क्रिकेटको उपाधि पिएनजीले जितेको छ ।

नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी-२० सिरिजको उपाधि जितेको हो ।

पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्