पीएनजीले दियो नेपाललाई १७२ रनको लक्ष्य

बुधबार, फागुन ३०, २०८०

काठमाडौं- हङकङमा त्रिकोणात्मक टी-२० शृंखलाको फाइनल खेलिरहेको नेपाललाई उपाधि जित्न पीएनजीले रनको १७२ लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन जोड्यो ।

पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।

नेपालका लागि ४ ओभर बलिङ गरेका कुशल भुर्तेलले जम्मा २४ रन दिएर ३ विकेट चट्काउँदा आकाश चन्दले ४ ओभरमा ४१ रन दिएर समान ३ विकेट लिए ।

त्यस्तै करण केसी र गुल्सन झाले समान १ विकेट लिए । कुशलले पीएनजीका हिला वारेलाई १८, टोनी उरालाई ६१ र किप्लिन डोरिगालाई १४ रनमा आउट गरेका थिए । नेपालका ओपनर ब्याटर रहेका कुशल पछिल्लो समय स्पीनर बलिङमा जम्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्