नेपालले पपुवा न्यूगिनीविरुद्धको खेलमा टस जित्यो

बुधबार, फागुन ३०, २०८०

 काठमाडाैं - त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको उपाधि भिडन्तमा नेपालले टस जितेको छ ।
हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा भरखरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । योसँगै पपुवा न्यूगिनीले पहिला ब्याटिङ गर्नेछ ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि भएको नेपाल र हङकङबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो ।

हिजै भएको अर्को खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपाली टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दिप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, आकाश चन्द, लोकेश बम, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी र सागर ढकाल छन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्