त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

बुधबार, फागुन ३०, २०८०

काठमाडौँ  - हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीच भिडन्त हुनेछ । फाइनल खेल आज बिहान ११:४५ बजे सुरु हुनेछ ।

पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टिम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।


मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो ।

लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।

नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टिम अंक बाडेका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्