आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

मंगलबार, फागुन २९, २०८०

काठमाडौँ - आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो सोमबारकै मूल्यमा कारोबार भइरहेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ । यो मूल्य आइतबार र सोमबार पनि कायम थियो । सुनको मूल्य स्थिर रहेर कारोबारमा आएको यो लगातार तेस्रो दिन हो ।

यस्तै, आज चाँदीको मूल्यमा भने वृद्धि आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै, चाँदीको कारोबार मूल्य तोलामा १४ सय ८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्