पिएनजीमाथि नेपालको शानदार जित, सिरिजको फाइनलमा

मंगलबार, फागुन २९, २०८०

काठमाडौं - हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ८५ रनले हराएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले १६।१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सक्यो ।

नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाए भने चार विकेट पनि लिए । यसका अतिरिक्त सन्दीप जोराले पनि अर्धशतक बनाएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्