विदेशी मुद्रा सञ्चिति साढे १८ खर्ब, १२.३ महिनाको आयात धान्ने

आइतबार, फागुन २७, २०८०

काठमाडौं- चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामा विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना माघसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार २०८० असार मसान्तमा रु. १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा रु. १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु. १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई रु. १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भई रु.२ खर्ब २१ अर्ब २ करोड कायम भएको छ। २०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ।

यो ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएकाे राष्ट्र बैँकले जनाएकाे् छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्