नेपाललाई छैटौं सफलता, दीपेन्द्र ऐरीले लगातार दुई बलमा लिए दुई विकेट

शुक्रबार, फागुन १८, २०८०

काठमाडौं- घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपाललाई छैटौं सफलता मिलेको छ ।

अभिनाश बोहराले नेपाललाई छैटौं सफलता दिलाएका हुन् । १७ औं ओभरको पहिलो बलमा अभिनाशले जान फ्रेलिंकलाई ३७ रनमा बोल्ड गरे ।

यसअघि दीपेन्द्रसिंह ऐरीले लगातार दुई बलमा दुई विकेट लिँदै नेपाललाई चाैथाे र पाँथाैं सफलता दिलाएका थिए ।

नामिबियाले १७ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १४० रन बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्