२ वर्षसम्म शारीरिक सम्बन्ध नराखेको भन्दै पत्निले दिइन् पतिविरुद्ध उजुरी

मंगलबार, फागुन ८, २०८०

भारत- विवाह गरेको दुई वर्षसम्म शारीरिक सम्बन्ध नराखेको भन्दै एक महिलाले पतिविरुद्ध एफआईआर दर्ता गरेकी छन् ।

बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बस्दै आएकी महिलाले अहियापुर थाना अन्तर्गत घर भएका पतिविरुद्ध उजुरी दिएकी हुन् ।

एफआईआरमा पीडितले भनेकी छन्, ‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो । मेरो श्रीमानले विवाह गरेको दुई वर्षसम्म मसँग शारीरिक सम्बन्ध राखेनन्। यसबारे मैले परिवारका अन्य सदस्यलाई भनेँ । तर, उनीहरुले पनि श्रीमान्लाई सम्झाएनन् ।’

पतिलाई आफूले शारीरिक सम्बन्ध किन नराखेको भनेर सोध्दा उल्टै आफूमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने गरेको पनि उनले उजुरीमा उल्लेख गरेकी छन् ।

आफूलाई माइत जानसमेत नदिई धम्की दिएर राखिएको ती महिलाको आरोप छ ।

हजुरबुवाको अस्वस्थताको बहाना बनाएर आमाबुवाको घर पुगेकी उनलाई अहिले पनि श्रीमानसहित उसका परिवारले आफुलाई लगातार धम्की दिइरहेकाे बताएकी छन् ।

महिलाको उजुरीको आधारमा प्रहरीले एफआईआर दर्ता गरी मुद्दाको अनुसन्धान सुरु गरेको जनाएकाे छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्