Nic Ad Nic Ad
Nic Ad Nic Ad

समग्र बैंकिङ्ग क्षेत्रका समस्या समाधान गर्न संशोधित विधेयक ल्याइएको हो : अर्थमन्त्री 

आइतबार, फागुन ६, २०८०

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक, वित्तीय तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न बैकिङ्ग कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक ल्याइएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिदै मन्त्री महतले चेक अनादारमात्रै नभई समग्र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधित विधेयक ल्याइएको बताएका हुन् ।

उनले विधेयकमा बैकिङ्क कसुरको सजायलाई व्यवस्थीति र निरुत्साहित गर्ने व्यवस्था राखिएको जानकारी दिए । विधुतिय आर्थिक अपराधलाई नियन्त्रण गर्न मन्त्रिपरिषद्बाट अघि बढाएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ऐन संसदमा पेश गर्न लागिएको बताए । यस विधेयकमा समेटिन नसकिएका बिषयलाई बाफिया ऐनमा समावेश गरिने उनले बताए ।

बैठकले बैकिङ्ग कसुर तथा सजाय(दोश्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्