न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच झडप

मंगलबार, फागुन १, २०८०

मकवानपुर– मिटरब्याज पीडित र स्थानीयबीच मनकवानपुरमा झडप भएको छ । 

न्याय मार्चमा हिँडेका मिटरब्याज  र स्थानीयबीच आज मनकवानपुरमा झडप हुँदा दुई जना घाइते भएका छन् ।

काकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद सुरु भएको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जानकारी दिए ।

संयोजक कुशवाहका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको थियो । झडपमा घाइते भएकाहरुलाई उपचारका लागि मनहरी अस्पताल लगिएको कुशवाहले बताए ।

झडपको घटनाको भएको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णु केसीले पनि पुष्टि गरेका छन् । झडपबारे थप विवरण आउन बाँकी रहेको डीआईजी केसीले जानकारी दिएका छन् ।

मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरुले १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्