ई–भिसाको अनलाइन भुक्तानी भोलिदेखि सुरु हुने

बिहीबार, माघ २५, २०८०

काठमाडौँ– अध्यागमन विभागले शुक्रबारदेखि ई–भिसाको अनलाइन भुक्तानी सुरु गर्ने भएको छ ।

विभागले अमज ईभिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको जनाएको हो । 

विभागका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसाको अनलाइन भुक्तानी कार्यक्रमको उद्घाटन गर्नेछन् । उक्त कार्यक्रमको सुरुवात भएसँगै सेवाग्राहीलाई सहज हुने विभागले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्