गोठमा सल्किँदा दिदी–भाइको मृत्यु

बुधबार, माघ २४, २०८०

अछाम– अछाममा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ ।

मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी दर्बाको गैरामा आज साँझ आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

घर नजिकै बालेको आगो गोठमा सल्किँदा ६ बर्षकी निरुता बुढा र उनका भाई ३ बर्षका अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।  

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्