दुनियाँलाई मरेको भन्ने भ्रम पार्ने मोडल पूनम पाण्डे जिउँदै, नेपाली मिडिया पनि झुक्किए (भिडिओ)

शनिबार, माघ २०, २०८०

काठमाडौं– सामाजिक सञ्जालमार्फत पाठेघरको क्यान्सरका कारण विवादीत भारतीय मोडल पूनम पाण्डेको मृत्यु भनी सनसनी खबर भ्रम रहेको स्पष्ट भएको छ।

उनको इन्स्टाग्रामबाट फैलिएको उक्त खबरले दुनियाँका मिडिया बेबकुफ भए। सोही क्रममा नेपाली मिडियामा पनि मृत्युको खबर छापिएका थिए। 

उनै पूनम पाण्डेले उक्त खबरबारे माफी माग्दै सर्जिकल क्यान्सरका विषयमा जनचेतनाका लागि त्यस्तो खबर जारी गरिएको भन्दै शनिबार फेरि इन्स्टाग्राममा भिडिओ पोस्ट गरेकी छन्। 

यो हो भिडिओ

 

पाण्डे यसै पनि विवादीत छिन्। बोल्ड अवतारमा देखा पर्ने उनले बलिउडका केही फिल्म खेले पनि चलिनन्। आफ्नै च्यानलमार्फत पोर्न भिडिओसमेत बनाउन खोजेकी उनी नेपालमा आएका बेला पनि विवादमा परेकी थिइन्। 
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार