राजनीतिक मैदानको मूल खेलाडी एमाले र काँग्रेस मात्रै रहेको पुष्टि : गोकुल बास्कोटा

सोमबार, वैशाख १७, २०८१

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपनिर्वाचनको नतिजाले नेपाली राजनीतिक मैदानको मूल खेलाडी एमाले र कांग्रेस मात्रै भएको देखाएको बताएका छन्।

इलाम र बझाङमा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा भएपछि उनले यस्तो बताएका हुन्।

उनले भनेका छन्, नेपालको राजनीतिक मैदानका मूल खेलाडी दुईवटा मात्र हुन। अरू छेउ कुना भर्न मात्र मैदानमा रहेका हुन भन्दा दुई दिन अघि मात्र एक जना सगोत्री नेता म सँग कार्यक्रम स्थलमै आगो भा थिए। आखिर इलाम र बझाङले त त्यही कुरा बतायो नि। तथ्य मनोगत आग्रहको बन्दी हुँदैन है।

बझाङमा एमालेका दमन भण्डारी विजयी भइसकेका छन् भने इलाममा पनि एमालेकै उम्मेदवार सुवाङ नेम्वाङ जिततर्फ अग्रसर छन्। दुवै ठाउँमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी बनेको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्