यती एयरलाइन्सले भित्र्यायो २ ‘एटीआर–७२’ विमान 

बिहीबार, माघ १८, २०८०

काठमाडौँ– निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई  ‘एटीआर–७२–५००’ विमान भित्र्याएको छ ।

दुवै विमान बिहीवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 

यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ । बिहीवार थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ ।

एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार
थप समाचार