माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने

मंगलबार, माघ १६, २०८०

काठमाडौं- आगामी माघ २२ गते मुलुकभरका फिल्म हल बन्द हुने भएका छन् ।

नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको आरोप छ ।

चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल भएपनि अहिले १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ ।

सङ्घले संहिताविपरित चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्