पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । मंगलबार रावलपिंडीको विशेष अदालतले यस्तो घोषणा गरेको हो। उनलाई राज्यको गोप्य कुरा चुहावट गरेको मुद्दामा यो सजाय भएको हो ।

अफिसियल सेक्रेट एक्ट अन्तर्गत स्थापित अदालतले पूर्वप्रधानमन्त्री खानलाई अमेरिकाका लागि पूर्व पाकिस्तानी राजदूतले पठाएको गोप्य केबलको दुरुपयोग गरेकोमा दोषी ठहर गरेको थियो।

तर खानले भने बारम्बार आरोप अस्वीकार गर्दै आएका छन् । खान गत वर्ष अगस्टदेखि जेलमा छन्। उनीमाथि विभिन्न मुद्दाहरू चलिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्