Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी

नेपाली सेना फोटो प्रदर्शनीको १० हजारले गरे अवालोकन

शनिबार, माघ १३, २०८०

काठमाडौँ– नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी करिब १० हजार जनाले अवलोकन गरेका छन् ।

नेपाली सेनाद्वारा सेना दिवसका अवसरमा जङ्गीअड्डा परिसरमा आयोजित पाँच दिनसम्म सञ्चालित उक्त प्रदर्शनीे १० हजार जनाले अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो ।

माघ ९ देखि १३ गतेसम्म सञ्चालन रहेको प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने डकुड्रामा, फोटो, हातहतियार र उपकरणहरू राखिएको थियो ।

प्रदर्शनीमा सैनिकसम्बन्धी पोशाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद तथा विद्यालयलगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीसमेत राखिएको थियो ।

प्रदर्शनीबाट अवलोकनकर्तालाई सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान समयमा निर्वाह गरिरहेको भूमिकाबारे जानकारी दिइएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्