Nic Ad Nic Ad
Nic Ad Nic Ad

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

शनिबार, माघ १३, २०८०

काठमाडौं- प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंकाे गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँस्थित सोलुखुम्बु काकु गाउँपालिका-५ घर भएकी २९ वर्षीया अनु तामाङको सोलुखुम्बु खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ९ सय ५० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्