पाकिस्तान–इरान आक्रमण

पाकिस्तानले इरानबाट राजदूत फिर्ता बोलायो

बिहीबार, माघ ४, २०८०

पाकिस्तानी विदेश मन्त्रालयले इरानबाट आफ्नो राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

इरानद्वारा पाकिस्तानको सार्वभौमसत्ताको अवास्तविक र स्पष्ट उल्लङ्घन अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको उल्लङ्घन भएको भन्दै आफ्नो राजदूत फिर्ता बोलाएको बताएको हो । 

यसअघि मंगलबार इरानले पाकिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गर्दै मिसाइल आक्रमण गरेका कारण दुई पाकिस्तानी बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताएको थियो ।

पाकिस्तानमा रहेको जैश अल(जुल्म आतंकवादी समूहका दुई महत्त्वपूर्ण अड्डाहरू मिसाइल र ड्रोन हमलामा ध्वस्त भएका छन् । जवाफमा पाकिस्तानले पनि इरानमाथि हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्