सेयर बजारमा ७ अंककाे गिरावट, ८ अर्बकाे काराेबार

बिहीबार, माघ ४, २०८०

काठमाडौं- साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ७ दशलमव २४ अंकले घटेर २,१५५ को विन्दुमा कायम भएको हो ।

बिहीबार ११२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको शेयर मुल्य घटेको छ । आज २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँको शेयर काराबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनकिो आज १ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ३० करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ङादी ग्रुप पावरको २३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै चार कम्पनीका लगानीकर्ताले कमाएका छन् । रिडी पावर कम्पनी, सिनर्जी पावर कम्पनी, माहुली लघुवित्त र गणपती लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्