लगानी व्यवस्थापन सेवा

गरिमाको ‘गज्जबको लगानी व्यवस्थापन सेवा’ योजना

बुधबार, माघ ३, २०८०

काठमाडौँ– गरिमा क्यापिटल लिमिटेडले लगानी गर्न इच्छुक ग्राहकहरुकालागि गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ । 

गरिमा क्यापिटलले गत माघ १ गते देखि माघ मसान्तसम्म मात्र लागू हुने गरी गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको हो ।

यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको क्यापिटलले जनाएको छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिने बताएको छ ।

क्यापिटलले यो सेवा माघ मसान्तसम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू गरेको छ । साथै, यो योजना उपभोग गर्न न्युनतम लगानी रकम वा दश लाखको शेयर हुनुपर्ने छ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरु मार्फत वा सामाजिक सञ्जालबाट समेत सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर गरिमा क्यापिटलले शेयर बजारमा लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने योजना रहेको क्यापिटलले बताएको छ ।

संस्थाले सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण गर्दै आएको क्यापिटलको भनाई छ । आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धतासमेत संस्थाले व्यक्त गरेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्