कामपाद्वारा रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमको शुभारम्भ

मंगलबार, माघ २, २०८०

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमको शुभारम्भ गरेको छ ।

कार्यक्रम अन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य महानगरको छ । लक्ष्यमा सहयोग पुर्‍याउन इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

यसअन्तर्गत प्रदान गर्ने ३४ वटा बिधाका तालिम कार्यक्रमहरु मध्य साइवर सेक्युरिटी तालिमको उद्घाटन गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले चालु आर्थिक बर्षमा ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य लिइएको जानकारी दिइन् ।

उक्त कार्यक्रमका लागि महानगरपालिकाले १० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । साइवर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइने महानगरले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्