विद्युत् प्राधिकरणको आइपिओ स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा पेश

आइतबार, पुस २९, २०८०

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणलाई प्रिमियम मूल्यमा धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश भएको छ ।

प्राधिकरणलाई आइपिओ निष्कासन गर्न दिने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्‍मा पठाएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ । 

अर्थ मन्त्रालयले आइपिओ निष्कासनका लागि सहमति दिएसँगै यस सम्बन्धी प्रस्ताव ऊर्जाले अघि बढाएको हो ।

प्राधिकरणको जारी पूँजी ३ खर्ब पुर्‍याएर त्यसको १० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।

प्राधिकरण सञ्चालक समितिको गत २५ मंसिरमा बसेको बैठकले आइपिओ जारी गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्