अभिनेत्री नयनथाराविरुद्ध उजुरी, लभ जिहादलाई बढावा दिएको आरोप

शुक्रबार, पुस २७, २०८०

काठमाडौं– साउथ इन्डियन फिल्मकी चल्तीकी अभिनेत्री नयनथाराविरुद्ध लभ जिहादलाई बढावा दिएको अभियोगमा उजुरी दर्ता भएको छ। फिल्म

अन्नपूर्णीले धार्मिक भावनालाई ठेस पुर्याएको अनि लभ जिहादलाई बढावा दिएको आरोपमा जबलपूरमा हिन्दु सेवा परिषद्ले उजुरी दर्ता गराएको हो। 

फिल्मका कयौं दृश्यहरू आपत्तिजनक रहेको भन्दै ओमती प्रहरी थानामा ऊजुरी दर्ता गरिएको हो। फिल्मको संवादमा भगवान श्रीरामबारे अभद्र टिप्पणी गरिएको छ। 

फिल्ममा बिरयानी बनाउनुअघि मन्दिरको पुजारीकी छोरीले हिजाब लगाएर नमाज पढिरहेको देखाइएको, ब्राम्हण हिन्दु केटीले मुस्लिम धर्मलाई प्रेरित गरेको, साँझको समयमा पुजारीको घरमा सन्ध्या आरती भइरहेको बेलामा अभिनेत्रीले मासु पकाइरहेको आदि दृश्यका कारण फिल्म विवादमा थियो। 
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्