नारायणगढ–मुग्लिन सडक खण्डमा पुल निर्माण गर्न म्याद थप

बिहीबार, पुस २६, २०८०

काठमाडौँ– चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा पुल निर्माणको लागि पहाड काट्नका लागि म्याद थप गरिएको छ । 

उक्त सडक खण्डमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने काम भएको कारण दिनको ४ घण्टा यातायात नै बन्द गरेर पहाड काट्ने काम भई रहेको थियो । 

गतबर्ष देखि नै उक्त स्थानमा पहाड काट्ने काम भए पनि बिचमा रोकीएको थियो । उक्त स्थानमा पुष ७ गते देखी १२ बजे देखि ४ बजे सम्म यातायात बन्द गरेर काम भई रहको थियो । उक्त स्थानमा २१ दिनमा १५ मिटर पहाड काट्न सफल भएको र पहाड काट्न अझ ३० दिन यातायात बन्द गरी काम गर्न म्याद थपको जिल्ला प्रसासन कार्यलयमा अनुरोध गरेको नागढुगा मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख ईन्जीनियर केदार प्रसाद खनालले बताए ।

करीब ६० मिटर पहाड मध्य हाल सम्म ३५ मिटर पहाड काट्ने काम भएको र अझ २० मिटर पहाड काट्न बाँकी रहेको उनले बताए । नारायण मुगलिङ्ग सडक खण्डमा पहाड काट्ने कामको राम्रो प्रगति देखिएको कारण पहाड काट्नको लागि माघ २० गते सम्मको समय दिईएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उक्त पहाडमा कडा चट्टान भएको कारण कटान गर्न कठीन भएको छ । उक्त पहाड काट्न ३८ टन र २२ टनको ३ वटा हाईपावर रक ब्रेकर प्रयोग गरेर चट्टान काट्ने काम भई रहेको छ । उक्त सडक खण्डको १५ वटा पुल मध्य पहाड काट्ने काम नसकिएको कारण तुइन खोलामा पुलको काम शुरु हुन सकेको छैन् । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्