रहेनन् उस्ताद रशिद खान, जब वी मेटको ‘आओगे जब तुम’ गीत विश्वचर्चित थियो

बुधबार, पुस २५, २०८०

काठमाडौं– उस्ताद रशिद खानको ५५ बर्षको उमेरमा बुधबार निधन भएको छ। प्रोस्टेट क्यान्सरबाट पीडित उनको बंगाल राज्यमा निधन भएको भारतीय मिडियाले जनाएका छन्। 

भेन्टिलेटरमा राखेर उपचाररत रहेका उनको निधनसँगै अस्पतालले भनेको छ,‘हामीले सक्दो प्रयास गर्यौं तर असफल भयौं।’ 

उनको निधनप्रति प्रतिक्रिया जनाउँदै बंगालकी मुख्यमन्त्री ममता बनर्जीले लेखेकी छन्, ‘यो सम्पूर्ण देश र सम्पूर्ण संगीत समुदायका लागि ठूलो क्षति हो। राशिद खान रहेनन् भन्ने कुरामा विश्वास गर्न नसक्दा म धेरै पीडामा छु।’
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्