कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो

शनिबार, पुस २१, २०८०

काठमाडौं- नेपाली कांग्रेसको आज बस्ने भनिएको कार्यसम्पादन समितिको बैठक सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक भोलि (आइतबार) दिउँसो १ बजेका लागि सरेको हो ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल हुने बताइएको छ ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । यसका लागि हालसम्म पनि सत्ता गठबन्धनले सिट भागबन्डा गरिसकेको छैन ।

एमालेले भने निर्वाचन हुन लागेका १९ सिटमै उम्मेदवार दिने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्