३० अंकले घट्याे सेयर बजार, काराेबार रकम ४ अर्ब

मंगलबार, पुस १७, २०८०

काठमाडौं- साताको तेस्रोदिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३० दशमलव ०५ अंकले घटेर २,०३० का विन्दुमा झरेको हो ।

मंगलबार ३७ कम्पनीको मुल्य बढेको छ भने २०५ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०५ कम्पनीको १ करोड १० लाख ६९ हजार ९६८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएकाे छ । आज यस कम्पनीको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै हाथवे इन्भेष्टमेन्टको १४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सिटिजन लाइफको १४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १२ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्