नयाँ वर्षको उत्सव

होटल गुञ्जमा हाँस्य र संगीतको साथ नयाँ वर्षको उत्सव हुने

शनिबार, पुस १४, २०८०

बर्दिबास– उत्कृष्ट आतिथ्य र आनन्ददायी वातावरणको लागि प्रख्यात होटल गुञ्जले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । 

अतिथिहरूले र रमाईलो वातावरणमा स्वादिलो परिकारहरुको साथ चर्चित कलाकारहरुको प्रस्तुति रहने  नयाँ वर्ष विशेष कार्यक्रम–२०२३ आगामी आइतबारदेखि सोमबारसम्म २ दिनको लागि हुने होटल गुञ्जले जानकारी दिएको हो । 

होटल गुञ्जका अनुसार न्यु ईयर ईभमा स्टयान्ड–अप कमेडियन आर्दश मिश्रा र द हाइम्स ब्याण्डको लाईभ म्युजिक रहने छ भने नयाँ वर्षको दिनमा लोकप्रिय गायक अनिल गन्धर्व र द हाइम्स ब्याण्डको प्रस्तुति रहने छ । साथै नेपाली मोटो भ्लगर राजकुमार थापा, एलिसा खड्गी र इन्डियाका चर्चित सुपर बाईकरहरुको पनि उपस्थिति रहने छ ।

होटल गुन्जका म्यानेजर सुशांत कार्कीले भने, “हाम्रा अतिथीहरुको यो नयाँँ वर्ष वास्तवमै अविस्मरणीय रहोस् भन्नको लागि हामीले विविध प्रतिभाशाली व्यक्तित्वहरुको साथ मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका छौँ । हामीलाई विश्वास छ कि संगीत, स्ट्यान्ड–अप कमेडी र अन्य थुप्रै मनोरञ्जनात्मक गतिविधीहरुको साथ हाम्रा अतिथीहरुको नयाँ वर्ष साँच्चिकै नै रमाइलो हुनेछ । त्यसैले आफ्नो परिवार र साथीभाईहरुसँग नयाँ वर्ष विशेष बनाउनको लागि अहिले नै सिट बुक गर्न सक्नुहुनेछ ।”

यस नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेहरूको लागि प्रवेश निःशुल्क रहेको होटल गुन्जले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार