आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलबार, मंसिर २६, २०८०

काठमाडौैं- सुनको भाउमा लगातार गिरावट आइरहेकाे छ। आइतबार तोलामा १३ सय र सोमबार ५०० ले घटेको सुन आज मंगलबार पुनः प्रतितोला ७०० ले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन १ लाख १६ हजार ३०० र तेजावी सुन १ लाख १५ हजार ७५० रुपैयाँ प्रतितोला कायम भएको हो। सोमबार छापावाला सुन १ लाख १७ हजार र तेजावी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कायम भएको थियो।

यता आज चाँदीको मूल्यभने स्थिर रहेको छ। सोमबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा कायम भई कारोबार भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्