‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट

सोमबार, मंसिर २५, २०८०

काठमाडौं - यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । फिल्मले सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो ।

उदय सुब्बाको निर्देशन रहेको फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ । फिल्मको एक गीतमा विल्सनविक्रम राई, वर्षा शिवाकोटी र गीता ढुंगानालाई पनि देख्न सकिन्छ ।

अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत, र राजु किरातीको द्वन्द्व निर्देशन छ ।

फिल्मको छायांकन धनकुटा,  तेह्रथुमको वसन्तपुर, इलाम र झापामा गरिएको हो । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

received_877920924025066-1702293403.jpeg

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्