Nic Ad Nic Ad
Nic Ad Nic Ad

मालपोत प्रमुख भए डमरुप्रसाद, काण्ड त थाहै होला!

शनिबार, मंसिर २३, २०८०

काठमाडौंदमन नरपालिकाको प्रमुख प्रशाशकीय अधिकृत रहेका बेला मदिरामा लठ्ठ भएर एक परस्त्रीसँगको टिकटक लाइभमा चुम्बन गरेका उपसचिव डमरुप्रसाद निरौलालाई भूमी व्यवस्था मन्त्रालयले पर्साको मालपोत कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ।

damaru1691045936.jpg

उक्त भिडिओ आएपछि सामान्य प्रशासन मन्त्रालयले उनलाई दमक नगरपालिकाबाट तानेर थन्काएको थियो। उनीमाथि बयान लिने काम भएको तत्कालिन सामान्यप्रशासन मन्त्री अमनलाल मोदीले बताएका थिए। तर, उनलाई आकर्षक मानिने मालपोत कार्यालय पर्साको जिम्मेवारी दिएपछि भने फेरि विवाद सुरु भएको छ।

भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठको पहुँचको कारण उनी पर्सा जान सफल भए।

गत साउन १३ गते सरकारी क्वाटरमा एक महिलासँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो।

कतिपयले भने डमरुप्रसादलाई फसाउने नियतले नै उक्त भिडिओ लाइभ गरिएकोसम्मको चर्चा गरेका थिए।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्