नेभिगेशन
सुरक्षा–अपराध

न्युरोडस्थित सुन गाल्ने कारखानामा प्रहरी छापा, ५ किलो सुनसहित एक जना पक्राउ 

काठमाडौं– उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको न्युरोडस्थित सुन गाल्ने कम्पनीमा मंगलबार राती छापा हानी एक जनालाई नियन्त्रणमा लिएको छ। 

न्यूरोडस्थित अवैध सुन गाल्ने कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो। प्रहरीले ५ किलो सुनसहित सञ्चालक पाण्डेलाई पक्राउ गरेको हो।

उक्त कम्पनीमा तस्करीको सुन गाल्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध