Nic Ad Nic Ad
Nic Ad Nic Ad

हुलाकी राजमार्ग निर्माण कार्य एक वर्षपछि पुनः शुरु 

शनिबार, मंसिर १६, २०८०

मोरङ– मोरङ कटहरी सडक खण्डको हुलाकी सडकको निर्माण कार्य रोकिएको एक वर्ष पछि पुनः शुरु भएको छ । 

निर्माण कार्य रोकिएको लामो समय पछि सुरु भएको सडक खण्डको निर्माण समयमा सकिने स्थानीयहरुले बताएका छन् । 

हुलाकी राजमार्गको अन्य क्षेत्रमा निर्माण कार्य भईरहदा यो सडक खण्डको ठेकेदारले भने काम नगरेर अलपत्र पारेको भन्दै स्थानीयले चक्काजाम र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम समेत गरेका थिए । २०७६ कार्तिक २४ गते काठमाण्डौको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले तीन वर्षा काम सक्ने गरी सो सडक खण्डको ठेक्का पाएको थियो । तोकिएको समयमा काम सम्पन्न नगरेपछि म्याद थप गरिएकोमा श्रेष्ठ कन्स्ट्रक्सनले अर्र्को ठेकेदारबाट काम गर्राईरहेको कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले दिए ।

आगामी वैशाख सम्ममा काम सक्ने गरी नयाँ ठेकेदारले काम गरिरहेको र अहिले सडक छेउछाउमा नाला बनाउने कार्य सुरु भएको छ ।

विगत ३ वर्षा सो सडक खण्डको करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले जनाएको छ । २०७९ कार्तिक मसान्त सम्ममा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो सडक खण्डको लागत करिब ८४ करोड रुपैया रहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्