नेभिगेशन
खेलकुद
नेपाल सुपर लिग

एनएसएल : झापामाथि इलामको पहिलो जित 

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टिङ इलाम डे मेची फुटबल क्लबले पहिलो जित हासिल गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलामा झापा फुटबल क्लबलाई १–० ले पराजित गर्दै इलामले एनएसएलमा पहिलो जित हासिल गरेको हो । 

प्रतिस्पर्धात्मक खेलमा इलामका लागि विदेशी खेलाडी अमाथ एनडाले ८७ औं मिनेटमा गोल गरे । त्यसअघि ८२ औं मिनेटमा इलामले पाएको पेनाल्टीमा अमाथ गोल गर्न चुकेका थिए । यो खेलसँगै दोस्रो संस्करणमा थपिएको झापा भने पहिलो खेलमै पराजित हुन पुग्यो ।

मंगलबार हुने खेल फुटबल क्लब चितवन र काठमाडौं रेजर्स फुटबल क्लबबीच साँझ ५ ३० बजे हुनेछ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद