नेभिगेशन
बैंक–वित्त

नबिल बैंकद्वारा ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप’ कार्यक्रम शुरु

काठमाडौं– नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम शुरु गरेको छ। 

बैंकले त्रिभुवन विश्व विद्यालयको सहकार्यमा सामाजिक उद्यमशिलता प्रवर्द्धन उद्देश्यले  सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम सुरु गरेको हो। बैंकले शुरुवातमा बागमती प्रदेशबाट पहिलो सत्रको ६ महिने तालिम फेलोसिप सञ्चालन सुरु गरेको छ। 

बैंकले उद्यमशिलतामा रुचि राख्नेभएका १८ देखि ५० वर्षसम्मका उद्यमीहरुलाई लक्षित गरेर दुई प्रकारका फेलोसिप र कोष डिजाइन गरेर सर्टिफिकेसन कोष कार्यक्रम सुरु गरिएको नबिल बैंकका नायव कार्यकारी निर्देशक भूपेन्द्र पाण्डेले बताए।

उनले नबिल बैंकले शुरु गरेको कोषमा विद्यार्थीको धेरै प्रोत्साहन गरेको पाइएको बताए। पाण्डेले विगतमा विद्यार्थीहरुले पढ्दा जागिर खानुपर्छ भनेर पढ्ने गरेकाले अब पढाई सकेर उद्यमशिल बनाउन कार्यक्रमले प्रेरित गर्ने बताए। उनले अहिले २५ जनाको सहभागिता रहेको बताए। उनले बैंकले देशका सात वटै प्रदेशमा यो कार्यक्रम गर्न लागेको जानकारी दिए। 

पाण्डेले  नबिल बैंकले नाफामा मात्रै नभएर उद्यमशिताको विकासले देशको आर्थिक अवस्था माथि उठ्ने भएकाले सामाजिक उत्तरदायित्वका लागि काम गर्न लागेको बताए। उनले सहभागि विद्यार्थीहरुलाई नबिल बैंकको टेक्नीकल टिम तथा फिल्डभिजिट गराएर नै तालिम दिने गरेको बताए।

बैंकले कमाउने नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने हुन्छ। नबिल बैंकले उक्त रकम विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ। यो वर्षदेखि सामाजिक उद्यमशिलता प्रवर्द्धन उद्देश्यले थप नयाँ नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम सञ्चालनमा ल्याएको बैंकले बताएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्