सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस

मंगलबार, मंसिर ५, २०८०

काठमाडौँ - सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि छ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को बैठकले मंगलबार सिफारिसमा गरेकाहरूमा सारङ्गा सुवेदी,अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना,सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् ।

सिफारिसमा परेकाहरू मध्ये ४ जना उच्च अदालतका न्यायाधीशहरू हुन् भने बालकृष्ण ढकाल र सुनिल पोखरेल वकिल पृष्ठभूमिका हुन् । पोखरेल नेपाल बारका पूर्व महासचिव हुन् । उनी काँग्रेसनिकट हुन् । ढकाल एमाले निकट कानुन व्यवसायी हुन् । 

सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद खाली थियो । सिफारिस भएका ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ । सर्वोच्चमा २१ जना न्यायाधीश हुन्छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्