बैंकले ब्याजदर २ प्रतिशतभन्दा माथि फरक बनाउन नपाउने

मंगलबार, मंसिर ५, २०८०

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले २ प्रतिशतभन्दा बढी ब्याजदर बनाउन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा लगानी र ब्याजदरको विषयमा एकै प्रकारका कर्जामा ऋणीहरुबीचको ब्याजदर अन्तर २ प्रतिशतभन्दा बढी पार्न नपाइने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार एक सुचना जारी गर्दै ‘बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने एकै प्रकारका कर्जामा पनि ग्राहकहरूका बीच ब्याजदरमा अत्यधिक असमानता देखिएका कारण यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी २ प्रतिशतभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ’, सूचित गरेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरू बुझेर मात्र कर्जा लिनसमेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्