भारतको जम्मु-कश्मीर मार्गमा बस दुर्घटना हुँदा ३६ यात्रुको मृत्यु, १९ घाइते

बुधबार, कात्तिक २९, २०८०

काठमाडौँ - भारतको जम्मु–कश्मीरको डोडा जिल्लाको अस्सार क्षेत्रमा आज एक यात्रु बस तीन सय फिट गहिरो खोँचमा खसेको छ । यो घटनामा ३६ यात्रुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । यीमध्ये छ जनको अवस्था गम्भीर रहेको स्थानीय अस्पताले  जनाएको छ ।

यात्रु बस किश्तवाड भन्ने ठाउँबाट जम्मू गइरहेको थियो । प्रहरी र एसडिआरएफको टिमले स्थानीय वासिन्दाको सहयोगमा उद्धार र उपचारको काम गरेका थिए ।सो यात्रु बस शतप्रतिशत क्षतिग्रस्त भएको छ भने बसभित्र चेपिएका कतिपय यात्रुलाई बस काटेर उद्धार गरिएको थियो । 

घाइतेहरूलाई स्थानीय किश्तवाड़ जिल्ला अस्पताल र डोकाको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । गम्भीर घाइतेलाई हेलिकोप्टरबाट आकस्मिक उपचार गर्न अन्यत्र लगिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भास्करको अनलाइन संस्करणले जनाएको छ ।

बसमा ५५ जना यात्री सवार थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले डोडा बस दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई  ५० हजार रुपैयाँ सहयोग दिने घोषणा गरिसकेका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार