प्रहरीले गोली चलायो, दुई जना घाइते

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं– नेपाल प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ। महोत्तरी प्रहरीले गोली चलाएर सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई नियन्त्रणमा लिएको हो। 

दुवै जना घाइते छन्। उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।

महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको र नियन्त्रणमा लिन खोज्दा भागेपछि गोली चलाइएको प्रहरीको दाबी छ। २० कात्तिकको डकैंतिमा संलग्न रहेको प्रहरी बताउँछ।

उनका अनुसार सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा महोत्तरी प्रहरीको गाडी बिग्रिएको थियो। उनीहरु भागेपछि गोली चलाइयो। 

दुबै जनाको वायाँ तिघ्रामा गोली लागेको छ।

उनीहरुसहित ७८ जनाको समूहमा आएका डाँकाहरुले महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हतियार देखाएर लुटपाट गरेका थिए।

४० तोला सुुनका गहना, चाँदीको ४५ तोला गहना, आई फोन एक थान र नगद १ लाख ७५ हजार डकैती गर्ने क्रममा घर परिवारमा रहेका सदस्यमाथि कुटपिट समेत गरेको प्रहरीले पत्ता लगाएको छ। यो समूहका सदस्यबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ४ राउण्ड गोली समेत बरामद भएको थियो।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्