सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एकहजार रुपैयाँले बढेको जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन तोलामा १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्