नेभिगेशन
सुरक्षा–अपराध

बारामा दिनदहाडै प्रिन्सिपलमाथि गोली प्रहार, मोटरसाइकलमा आएको थियो समूह

काठमाडौंबाराको कलैयामा मोटरसाइकलमा आएका दुई जनाको समूहले एक स्कुलका प्रिन्सिपलमाथि तीन राउन्ड गोली चलाएको छ।

प्रहरीका अनुसार कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्डु भनिने रुपेश सर्राफमाथि टाउको र छातीमा गोली लागेको छ। गोली चलाउने समूह फरार रहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो करिब १ बजे अपरिचित समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि बीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

३५ वर्षीय सर्राफ कलैया ६ का बासिन्दा हुन्। घटनास्थल पुगेको प्रहरीले गोली चलाउने समूहको खोजी थाल्नुका साथै कारण पनि बुझ्ने प्रयास गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध