नेभिगेशन
समाज विविध

आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई गृह मन्त्रालयको आग्रह

काठमाडौं- डाक्टरहरूले आन्दोलन जारी राखेपछि गृह मन्त्रालयले आन्दोलन फिर्ता लिन आग्रह गरेको छ। शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिको बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन् ।

सचिव भट्टराईले आन्दोलनरत चिकित्सकहरूलाई सम्बोधन गर्दै सरकारले माग पूरा गरेकोले आन्दोलन फिर्ता लिई उपचारमा फर्कन आग्रह गरे ।

मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु मंगलवारदेखि आन्दोलनमा छन् ।

चिकित्सकहरुमाथि बारम्बार आक्रमण भइरहेको भन्दै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनको विश्वसनीय आधार दिनुपर्ने उनीहरूकाे माग छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

६ महिनापछि घर फर्किए टिंकरवासी

हुलाकी सडकले फेरेको नरैनापुर