नेभिगेशन
समाज विविध

जिप दुर्घटनामा काठमाडौं आइरहेका ११ जना राहत शिक्षक घाइते

काठमाडौं - बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक जिप दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक जिप आज बिहान ७ः५० बजेतिर दुर्घटना हुँदा काठमाडौँ आइरहेका राहत शिक्षकहरू घाइते भएको हुन् ।

घाइतेहरूलाई धुलिखेल अस्पताल लगिएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

६ महिनापछि घर फर्किए टिंकरवासी

हुलाकी सडकले फेरेको नरैनापुर