Nic Ad Nic Ad
Nic Ad Nic Ad

घरको छतबाट खसेर २२ महिने बालकको मृत्यु

सोमबार, असोज ८, २०८०

दमौली– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा आज पोखरामा मृत्यु भएको हो । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो । 

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २२:०२
प्रतिक्रिया दिनुहोस्