बंशजको नागरिकतासहितका एजेन्डा बोकेर घिमिरेले गरे एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा

सोमबार, असोज ८, २०८०

काठमाडौं१७ देखि १९ अक्टोबरमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनमा चिरञ्जिवि घिमिरेले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

११औं विश्व सम्मेलनमा २०२३२५ का लागि उक्त पदमा उम्मेदवारी घोषणा गरेका घिमिरेले विभिन्न कार्ययोजना अगाडि सारेका छन्। उनले एनआरएनलाई बंशजको नागरिकता प्रदान गर्नुपर्ने मूल एजेन्डा राखेका छन्।

एनआरएनभित्र केहि बर्षदेखि देखिएको  बिभिन्न चुनौतिहरु र विभाजनलाई  मिलाउदै संस्थागत रुपान्तरणसहित साझा घर बनाउन आफूले भूमिका खेल्ने घिमिरे बताउँछन्।

एनआरएन आईसीसीको २०२१२०२३ को विसम् कार्यकालमा सचिवको जÞिम्मेवारी निर्वाह गर्दा एकता, सहमति र सहकार्यका लागि आफूले अहम् भूमिका खेलेको उनले स्मरण गरे।

बंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता, सुरक्षित, मर्यादित र व्यवस्थित बैदेशिक रोजगारी तथा नयाँ गन्तव्यको खोजी, पुस्तान्तरण केन्द्रित एनआरएन, वैदेशिक सीप ज्ञान तथा नेपालमा सामूहिक लगानी, नेपालमा पर्यटन बिकास, नेपाली कला संस्कृतिको प्रबद्र्धन उनका एजेन्डा हुन्। 

गैर आवासीय नेपाली संघका सबै सदस्यहरु प्रतिनिधि हुन पाउने अधिकारको सुनिश्चिततालाई पनि उनले एजेन्डाका रुपमा प्रस्तुत गरेका छन्।

एनआरएन क्यानडाको महासचिव (२०१७२०१९) तथा अध्यक्ष (२०१९२०२१) को पदमा रहेर काम गरि सकेका उनले नेपालमा अक्सिजन पठाऔं अभियान’’मा  क्यानडाबाट ७५ थान अक्सिजन कन्सन्टेटर लगायत अन्य सामाग्रीहरु कोभिड महामारीका बेला सहयोग गरेका थिए।

विधान संसोधन कमिटीमा रहेर सुदृढ एबम् गतिशील एनआरएन  बनाउने कार्यमा दृढतापूर्वक लागिरहेको घिमिरेले बताए।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्