सेयर बजारमा भारी अंकको गिरावट

आइतबार, भदौ ३१, २०८०

काठमाडौं - साताको पहिलो दिन सेयर बजारमा भारी अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ४२ दशमलव १४ अंकले घटेर १,९६४ दशमलव ९१ को विन्दुमा झरेको हो ।

आइतबार ११ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७८ कम्पनीको ५६ लाख ५९ हजार ४५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोडमाथिको शेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । यस्तै कम्पनीको २ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

रिलायबल नेपाल लाइफको २ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको १ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तैशिवम् सिमेन्टको ६४ करोडमाथिको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्