कक्षा १२ को नतिजा सार्वजनिक

मंगलबार, साउन ३०, २०८०

काठमाडौँ– यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित परीक्षाको नतिजा मंगलबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो । 

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बताए ।

बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ । 

ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते 

परीक्षामा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन पनि सक्नेछन् ।

बोर्डका अनुसार पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ ३ जना परीक्षकबाट जाँच गराउने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने गरिन्छ । यसरी आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ । १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा नयाँ अंक कायम हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्